माघ २२ देखि पोखरामा ‘बिटी कप’
पाेखरा | माघ ७, २०७९
पोखरा: बुद्धटोल युवा क्लबले आगामी माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिदै आएको बताउदै यसपटक स्व। गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘हाम्रो क्लबको सल्लाहकार हुनुहुन्थ्यो स्वर्गीय विरेन दाई, प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौ, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाईकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’
उनले सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।
अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिनेछ ।
सो प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

